आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले थप्यो पुस मसान्तसम्म कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने म्याद

बिहीबार , असोज १८ २०८०
राष्ट्र बैंकले थप्यो पुस मसान्तसम्म कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने म्याद

काठमाडौं- राष्ट्र बैंकले कर्जाको पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने म्याद पुस मसान्तसम्म थप गरेको छ। बिहीबार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै समय थपेको हो।

गत आर्थिक वर्षको चौथो मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले होटल, रेष्टुरेन्ट, पशुपंछीपाल र निर्माण क्षेत्रमा लागि कर्जाको साँवा ब्याज भुक्तानी गर्ने म्याद असार मसान्तसम्म थपेको थियो।

निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, डण्डी, इँटा/व्लक, पाइप्स एण्ड फिटिङ्गस लगायत उद्योगलाई पनि राष्ट्र बैंकले यस्तो कर्जाको पुर्नतालिकीकरण तथा पुनरसंरचना गर्ने निर्णय गरेको छ।

यस्ता क्षेत्रमा प्रवाह भएको कर्जाको पनि पुर्नतालिकीकरण गर्ने म्याद आगामी पुस मसान्तसम्म बढाएको छ। यस्तै शिक्षा, स्वास्थ्य सेवासँग सम्वन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक तथा दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानी रहेका कर्जा र ५ करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुर्नतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जारी गरको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ। 

यसका लागि ‍उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी आवश्कता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याज कम्तिमा १० प्रतिशत असुल उपर गर्नुपर्ने छ।

यस्तै २०८० पुस मसान्तभित्रमा पुनरतालिकीकरण वा पुनरसंरचना गरी सक्नुपर्ने, २०७९ चैत मसान्तसम्म असल वर्गमा कायम भएको कर्जा हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाले यस्ता कर्जाको ५ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ।  


प्रकाशित : बिहीबार , असोज १८ २०८०१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend