आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फिर्ता प्रकरणमा दुई म्यानेजरलाई काममा प्रतिबन्ध

images
बिहीबार , असोज १८ २०८०
images
साउदी उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फिर्ता प्रकरणमा दुई म्यानेजरलाई काममा प्रतिबन्ध
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का जहाज मर्मत विभागमा कार्यरत २ जना म्यानेजरलाई काममा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

images
images
images

नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्यूटी अफ) गरेको हो।

images
images

जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो।

images
images

प्राधिकरणले नाइनएन-एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाएको हो। 


प्रकाशित : बिहीबार , असोज १८ २०८०१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend