मंगलबार, वैशाख १८ गते २०८१    
images
images

चन्द्रागिरिमा रामदेवको योग ध्यान

images
images
images
चन्द्रागिरिमा रामदेवको योग ध्यान

योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो। 

images
images

काठमाडौं- योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान गरेका छन्। रामदेव र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन्। 

images
images
images

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए। शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरे। 

images
ramdev (2).jpg

शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो। 

images

शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए।  त्यस अवसरमा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिपलाइन पनि चढे। रासस

images
images
ramdev (1).jpg
ramdev yoga (2).jpg

images

प्रकाशित : शनिबार, मंसिर ४ २०७८०८:०४

प्रतिक्रिया दिनुहोस