शुक्रबार, असोज ४ गते २०८१    
images
images

अलिबाबासहितका टेक जायन्टलाई जरिबाना तिरायो चीनले 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ४ २०७८
images
images
अलिबाबासहितका टेक जायन्टलाई जरिबाना तिरायो चीनले 

प्रत्येक कम्पनीलाई ७८ हजार अमेरिकी डलर जरिबाना लगाइएको छ। चीनको एकाधिकार विरोधन ऐन-२००८ अनुसार उक्त जरिबाना तिराइएको हो। 

images
images

काठमाडौं- चीनको बजार नियामकले अलिबाबा लगायतका प्रविधिमा आधारित कम्पनीहरुलाई जरिबाना तिराएको छ। अलिबाबा, बैदु र जेडी डटकम लगायतका कम्पनीलाई जरिबाना तिराइएको हो। 

images
images
images

सन् २०१२ मा भएको कारोबार गैरकानूनी भएको भन्दै नियामकले अहिले आएर जरिबाना तिराएको रोयटर्सले समाचार लेखेको छ। यी कम्पनीहरुले एकाधिकार कायम राख्ने मनासयबाट ४३ वटा कारोबार गरेको भन्दै जरिबाना तिराइएको हो। 

प्रत्येक कम्पनीलाई ७८ हजार अमेरिकी डलर जरिबाना लगाइएको छ। चीनको एकाधिकार विरोधन ऐन-२००८ अनुसार उक्त जरिबाना तिराइएको हो। 

पछिल्लो समय चीनले इन्टरनेटमा आधारित व्यवसायलाई कडाइ गर्दै आएको छ। डेटा सुरक्षा तथा एकाधिरकारको विषयलाई लिएर चीनले पछिल्लो समय टेक जायन्टहरुमाथि डन्डा चलाइरहेको छ। 

images

यी कम्पनीहरुले सन् २०१२ मा समान प्रकृतिका व्यवसाय भएका तर सानो पुँजी भएका कम्पनीलाई आफूसँग गाभ्ने काम गरेका थिए। यसले बजारमा प्रतिस्पर्धा सीमित बनाएको चिनिया नियामकको आरोप रहेको छ। 

 

 


प्रकाशित : शनिबार, मंसिर ४ २०७८०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend