शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो, कति दिने आवेदन? 

images
बिहीबार , असोज १८ २०८०
images
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो, कति दिने आवेदन? 
images
images

काठमाडौं-  माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।

images
images
images

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

images
images

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो।

images
images

जारी पुँजी १ अर्ब रूपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रूपैयाँ बराबरको १५ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।आईपीओका लागि असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक २ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज १८ २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend