बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, करिडोर अझै ठप्प

images
बिहीबार , असोज १८ २०८०
images
images
अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, करिडोर अझै ठप्प

एकतर्फी सडक सञ्चालन भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेका छन्।

images
images

बागलुङ- दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

images
images
images

निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका-१ पाखुतेमा अवरुद्ध भएको थियो। मंगलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

images

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ। अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए। आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनको भनाइ छ।

images
images
images

एकतर्फी सडक सञ्चालन भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए। काठमाडौं, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारीसाधन पनि सडकमा रोकिएका थिए।

यता पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन। मंगलबार करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो। अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज १८ २०८००६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend