बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सुजी उत्पादन वा बिक्री वितरण गर्नेले पुरानो कारोबार रकमको ५ प्रतिशतमात्रै बुझाए पुग्ने

images
बिहीबार , असोज १८ २०८०
images
सुजी उत्पादन वा बिक्री वितरण गर्नेले पुरानो कारोबार रकमको ५ प्रतिशतमात्रै बुझाए पुग्ने

विभागले २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुने समेत जनाएको छ।

images
images

काठमाडौं- आन्तरिक राजस्व विभागले सुजी उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिले पुरानो कारोबार रकममा तिर्नुपर्ने मूल्य अभिवृद्धि करमा छुट दिने भएको छ। 

images
images
images

आर्थिक ऐन, २०५० को दफा ३२ ले सुजी उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिले आर्थिक वर्ष २०७१/०७२ देखि २०७६ साल जेठ १४ गतेसम्मको कारोबार रकमको आधारमा बाँकी मूल्य अभिवृद्धि रकम दाखिलामा छुट दिन भन्दै सूचना जारी गरेको छ।

images
images

विभागले मूल्य अभिवृद्धि कर संकलन र दाखिला नगरेको तथा कर लाग्ने कारोबारमा कर निर्धारण भइ तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिइ आर्थिक वर्ष २०७१/७२ देखि २०७६ साल जेठ १४ गतेसम्मको त्यस्तो कारोबार रकमको पाँच प्रतिशत रकम भुक्तानी नै सफाइ दिने भएको छ।

images
images

विभागले २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेसमेत जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १८ २०८००५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend