बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न सरकारको स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्‌का १९ निर्णय

images
बुधबार, असोज १७ २०८०
images
images
जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न सरकारको स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्‌का १९ निर्णय

बैठकले रुवाण्डा र स्वीजरल्याण्डसँग द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई नेपाल सरकारबाट सन् २०२१ देखि २०२३ सम्मको वार्षिक बजेट योगदानबापत कुल सात लाख ७५ हजार रूपैयाँ अमेरिकी डलर बराबरको रकम भुक्तानी गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले अर्थ मन्त्रालयमार्फत उक्त रकम भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको हो। 

images
images
images

यस्तै बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। 

images

उदय-आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्रान्क ५. ४५ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

images
images
images

बैठकले नेपाल र जर्मनी सरकार एवं नेपाल र रोमानिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति पनि दिएको छ।

यस्तै रुवाण्डा र स्वीजरल्याण्डसँग द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय पनि भएको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

cabinet 1.jpg
cabinet 2.jpg

cabinet 3.jpg


प्रकाशित : बुधबार, असोज १७ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend