शनिबार, मंसिर ८ गते २०८१    
images
images

स्वीजरल्याण्ड र रुवान्डासँग दुईपक्षीय हवाई सम्झौता गर्न मन्त्रिपरिषद्‌को स्वीकृति

images
बुधबार, असोज १७ २०८०
images
images
स्वीजरल्याण्ड र रुवान्डासँग दुईपक्षीय हवाई सम्झौता गर्न मन्त्रिपरिषद्‌को स्वीकृति

दुवै देशसँग सातामा २८ वटा उडान गर्ने र आधा उडान काठमाडौं बाहिरको विमानस्थलबाट हुने गरी हवाई सम्झौता हुन लागेको हो।

images
images

काठमाडौं- लामो समयदेखि रोकिएको स्वीजरल्याण्ड र रुवान्डासँगको दुईपक्षीय हवाई सम्झौताका लागि बाटो खुलेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड र रुवान्डासँगको दुईपक्षीय छलफल तथा हवाई सम्झौताका लागि स्वीकृति प्रदान गरेको छ।

images
images
images

मन्त्रालयले स्वीजरल्याण्ड र रुवान्डासँग दुईपक्षीय हवाई सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याउँदै स्वीकृतिका लागि सहमति मागेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा समेत उडान गर्न पाउने गरी हवाई सम्झौता हुने मन्त्रालयले जनाएको छ।

images

दुवै देशसँग सातामा २८ वटा उडान गर्ने र आधा उडान काठमाडौं बाहिरको विमानस्थलबाट हुने गरी हवाई सम्झौता हुन लागेको मन्त्रालयले जनाएको छ।

images


प्रकाशित : बुधबार, असोज १७ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend