मंगलबार, भदौ २५ गते २०८१    
images
images

लगातार घटिरहेको सेयर बजारमा बुधबार सामान्य सुधार

images
बुधबार, असोज १७ २०८०
images
images
लगातार घटिरहेको सेयर बजारमा बुधबार सामान्य सुधार

१७४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब १८ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा बुधबार सामान्य अंकको सुधार देखिएको छ। यो साता निरन्तर घटेको बजार चौथो कारोबारमा भने सुधारोन्मुख देखिएको हो।

images
images
images

बुधबार ९.२४ अंकले बढेर बजार १९६७.९७ बिन्दुमा पुगेको छ। १७४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब १८ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ। ५२ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो। 

यो साता पहिलो कारोबारमै आइतबार ३३.२० अंकले घटेर बजार १९७१.१० बिन्दुमा पुगेको थियो। आइतबार १० कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ८३ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार पनि ५.१९ अंकले घटेर सेयर बजार १९७६.२९ बिन्दुमा पुग्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

मंगलबार पनि बजार ओरालोतिरै लाग्दा कारोबार रकम समेत घट्यो। मंगलबार १७.५६ अंकले घटेर बजार १९५८.७२ बिन्दुमा पुग्दा एक अर्ब १९ करोड ९१ लाख रूपैयाँको कारोबार भएको थियो। बुधबार पनि कारोबार रकम खासै बढ्न सकेन।

images

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन।

केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ।


प्रकाशित : बुधबार, असोज १७ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend