आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा १७ अंकको गिरावट, एक अर्ब १९ करोडको कारोबार

मंगलबार, असोज १६ २०८०
सेयर बजारमा १७ अंकको गिरावट,  एक अर्ब १९ करोडको कारोबार

काठमाडौं- यो साता सेयर बजार निरन्तर घटिरहेको छ। आइतबार र सोमबार घटेको बजार मंगलबार पनि बढ्न सकेन।

मंगलबार १७.५६ अंकले घटेर बजार १९५८.७२ बिन्दुमा पुगेको छ। ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब १९ करोड ९१ लाख रूपैयाँको कारोबार भएको छ। आज १८७ वटा कम्पनीको सेयर मूल्य घट्दा २ को स्थिर रह्यो।

यो साता पहिलो कारोबारमै आइतबार ३३.२० अंकले घटेर बजार १९७१.१० बिन्दुमा पुगेको थियो। आइतबार १० कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ८३ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार पनि ५.१९ अंकले घटेर सेयर बजार १९७६.२९ बिन्दुमा पुग्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ।


प्रकाशित : मंगलबार, असोज १६ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend