शनिबार, जेठ ५ गते २०८१    
images
images

स्थानीय तह धाउँदै बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
स्थानीय तह धाउँदै बैंक

उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका हुन् ।

images
images

धुलिखेल-सरल कर्जा उपलब्ध गराउने भन्दै वाणिज्य बैंकहरु स्थानीय तह धाउन थालेका छन् । उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका हुन् ।

images
images
images

यही भदौ ११ गते नबिल बैंकले पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग एकैदिन स्थानीय जनप्रतिनिधिसँग सरल कर्जा लगानी गर्नका लागि विभिन्न शर्त राखी सम्झौता गरेको थियो। पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता निकै उपलब्धि हुने मानेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल ऋण उपलब्ध गराउने उद्देश्यले नबिल बैंकसँग सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

images

'वित्तीय संस्थासँग लगानीका क्षेत्रमा सम्झौता गर्नु निकै राम्रो हो, नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ' नगरप्रमुख महेश खरेलले भने। 

images
images

उनका अनुसार उद्यम गर्न चाहनेलाई आह्वान गरी तालिम तथा अभिमुखीकरण गराएर उद्यमशीलतामा आकर्षण गर्ने उद्देश्य उल्लेख गरिएको छ । उद्यम गर्न चाहनेले स्थानीय तहको सिफारिस लिनुपर्ने नीति बनाइएको छ ।

images
images

बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताए। 

यस्तै इन्फ्रास्टक्चर बैंक लिमिटेड गत साउन दोस्रो साता पाँचखाल नगरलाई 'स्मार्ट सिटी' बनाउने योजनामा लगानी गर्न सात शर्त राखेर सम्झौता गरेको थियो ।  सार्वजनिक–नीजि साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको हो । 

रासस


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend