आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबार घटेको सेयर बजार सोमबार स्थिर, देखिएन वृद्धितर्फ जाने आधार

सोमबार, असोज १५ २०८०
आइतबार घटेको सेयर बजार सोमबार स्थिर, देखिएन वृद्धितर्फ जाने आधार

काठमाडौं- आइतबार ३३.२० अंकले घटेको सेयर बजार सोमबारको कारोबारमा स्थिर देखिएको छ। वृद्धितर्फ लाग्ने आशाविपरित निरन्तर उही बिन्दु वरपर देखिएको छ। गएको साताको उतारचढावपूर्ण अवस्था निरन्तरतातर्फ संकेत गरेको बजार अपेक्षाकृत सुधारतर्फ जान सकिरहेको छैन।

सोमबार ५.१९ अंकले बढेर बजार १९७६.२९ बिन्दुमा पुगेको छ। १६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। ६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

नियामक निकायहरू पनि सेयर बजारमा सुधार ल्याउन सकिने विषयमा निरन्तर छलफलमा छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन्। 'कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ’ वर्ल्ड इन्भेस्टर विकको अवसरमा आयोजित कार्यक्रममा सोमबार उनले भने। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, असोज १५ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend