आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दसैँमा आन्तरिक हवाई यात्रा गर्दै हुनुहुन्छ? कस्ता सामान कति बोक्ने?

images
सोमबार, असोज १५ २०८०
images
दसैँमा आन्तरिक हवाई यात्रा गर्दै हुनुहुन्छ? कस्ता सामान कति बोक्ने?

हवाई उडानमा असर गर्ने र आपराधिक गतिविधलाई प्रोत्साहन गर्ने किसिमका सामान भने यात्राको क्रममा बोक्न पाइँदैन।

images
images

काठमाडौं- नेपालीहरुको महान चाड दसैँ नजिकिँदै छ। दसैँ मनाउन काठमाडौं सहर छोड्नको संख्या बिस्तारै बढ्दो छ। काठमाडौंबाट बाहिरिने सडकको अवस्था नाजुक छ। सडककै कारण हवाई यात्रा गर्नेहरुको संख्या पनि बढ्दो छ।  

images
images
images

अर्कोतर्फ समय बचतका लागि पनि हवाई यात्रा गर्नेहरु धेरै छन्। हवाई यात्रा गर्नेको संख्या दसैँमा अरु बेलाको भन्दा बढी नै हुन्छ। हवाई सेवा प्रदायक कम्पनीहरुले पनि दसैँको बेला अन्य समयको भन्दा उडान संख्या बढाएका हुन्छन्। 

images
images

अन्य समयको भन्दा दसैँको टिकट केही महँगो पनि हुन्छ। टिकट महँगो हुनुको कारण एकतर्फी मात्रै यात्रु बढी हुने भएर हो।दसैँको टिकाको दिनसम्म काठमाडौंबाट बाहिर जानेको संख्या बढी हुन्छ भने टिकापछि काठमाडौं फर्कनेको चाप बढी हुन्छ। हवाई सेवा कम्पनीहरुले पनि सोही अनुसारको नै टिकटदर तय गरेका हुन्छन्।

images
images

आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, सौर्य, तारा, समिट, सीता र नेपाल एयरलाइन्सले सेवा दिँदै आएका छन्। सबैभन्दा बढी उडान बुद्धले गर्दै आएको छ। बुद्धले दसैँमा दैनिक १४० देखि १५० वटासम्म उडान गर्नेछ। यतीले पनि ५० वटाभन्दा बढी उडान गर्नेछ भने श्रीले पनि सोही हाराहारीमा नै उडान गर्नेछ।

हवाई यात्रा गर्ने यात्रुलाई विमान कम्पनीलेहरुले २० देखि २५ केजीसम्म सामान लैजान कुनै शुल्क लिँदैनन्। तर त्योभन्दा बढी सामान लैजान भने थप रकम तिर्नुपर्ने हुन्छ। दसैँमा हवाई यात्रा गर्नेहरुले अन्य समयमा भन्दा बढी सामान बोक्ने हुँदा कतिपय अवस्थामा भने विमानस्थल सुरक्षा चेकजाँचमा समस्या समेत खडा हुने गर्छ।

आन्तरिक उडानको क्रममा के-कस्ता सामान कति लैजान पाउने भन्ने विषयमा कुनै कानून छैन। एयरलाइन्स कम्पनीले दिने सुविधाअनुसार यात्रुले सामान बोक्न पाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झा बताउँछन्।

तर हवाई उडानमा असर गर्ने र आपराधिक गतिविधलाई प्रोत्साहन गर्ने सामान भने यात्राको क्रममा बोक्न पाइँदैन। विशेषत यात्रुहरुले चाडपर्वमा घर जाँदा केही नगद, सुनका गरहना तथा मदिरा समेत बोकेर जाने गरेको पाइन्छ। विमानस्थल कार्यालयका प्रहरीले पनि दसैँका लागि भने विशेष चेकजाँच नहुने र अन्य बेलामा जस्तै सामान लैजान पाउने जनाएको छ।

नगद तथा सुन लैजाँदा कुनै पनि समस्या नहुने कार्यालयको भनाइ छ। कतिपय अवस्थामा सुरक्षा जाँचको बेलामा शंकास्पद देखिएमा त्यसलाई पुष्टि हुने कागजपत्र देखाउनुपर्ने हुँदा स्वाभाविकभन्दा बढी सामान छ भने प्रमाणित कागजपत्र बोकेर जानुपर्ने प्रहरीको भनाइ छ।

आन्तरिक उडानमा जाने यात्रुले बोकेको रकमको पुष्टि हुने कागजपत्र रहेको अवस्थामा जति बोक्दा पनि समस्या नहुने विमानस्थल कार्यालयका एसपी पदमबहादुर विष्टले बताए। ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म बोक्दा कुनै समस्या नहुने उनको भनाइ छ। मदिरा पनि ह्यान्ड क्यारी वा लगेज जुनमा पनि पाइने तर त्यसका लागि सिलप्याक हुनुपर्ने उनले बताए। तर अस्वाभाविकरुपमा मदिरा लैजान लागेको जस्तो देखिएमा भने प्रहरीले कागजपत्र माग्ने एसपी विष्टले जानकारी दिए। 

सुनको मामिलामा लगाएको सामान्य गहना तथा महिलाहरुले बोक्ने एक सेट गहनामा समस्या नहुने उनको भनाइ छ। तर काँचो सुन नै बोकेको अवस्थामा भने बिल समेत लिएर जानुपर्ने उनले बताए।

औषधिको हकमा पनि डाक्टरको सिफारिस आवश्यक पर्ने उनले बताए। सामान्य किसिमका औषधि बोक्दा भने खासै समस्या नहुने उनको भनाइ छ। लत्ताकपडाको हकमा पनि सामान्य अवस्थामा जस्तै हुने प्रहरीको भनाइ छ।


प्रकाशित : सोमबार, असोज १५ २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend