बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

नौ महिनामा भित्रिए सात लाख पर्यटक

images
आइतबार, असोज १४ २०८०
images
images
नौ महिनामा भित्रिए सात लाख पर्यटक
फाइल तस्बिर

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ।

images
images

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

images
images
images

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर ६ लाख ९२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन्।

images

पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा ९२ हजार ६ सय चार पर्यटक नेपाल आएका थिए।

images
images
images

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ। बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए।

पछिल्लो पर्यटक आँकडा कोभिड-१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो। सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बंगलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन्।

यस्तै अष्ट्रेलियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन्। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८०१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend