आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उपासना पौडेल बनिन् हिमालयन रि इन्स्योरेन्सको सीईओ

आइतबार, असोज १४ २०८०
उपासना पौडेल बनिन् हिमालयन रि इन्स्योरेन्सको सीईओ

काठमाडौं- हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्।

कम्पनीका यसअघिका सीईओ चन्द्रशेरन रामामूर्तिले राजीनामा दिएपछि पौडल सीईओमा बढुवा भएकी हुन्। यसअघि उनी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत थिइन्।

पौडेलसँग बीमा र टेलिकम्युनिकेसनको क्षेत्रमा काम गरेको अनुभव छ। उनले यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेकी छिन्। यस्तै भोडाफोन, आईसीआईसीआई लोम्बार्ड र भारती एक्सा जनरल इन्स्योरेन्सलगायतका भारतीय कम्पनीमा काम गरेको अनुभव पनि उनीसँग छ।

उपासनाले दिल्ली युनिभर्सिटीबाट एमबीए उत्तीर्ण गरेकी छन्।


प्रकाशित : आइतबार, असोज १४ २०८०११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend