शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

पोखरामा ‘अस्फाल्ट’ प्रविधिबाट सडक कालोपत्र थालियो

images
आइतबार, असोज १४ २०८०
images
पोखरामा ‘अस्फाल्ट’ प्रविधिबाट सडक कालोपत्र थालियो

अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ। अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ। 

images
images

कास्की- पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्र गर्न सुरु गरिएको छ।

images
images
images

पहिलो चरणमा महेन्द्र पुलबाट नयाँ बजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ। संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो। अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ। अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ। 

images
images

अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ। स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए। उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि पाँच करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ।

images
images

सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ। बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ।

'अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ। यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ', उनले भने। अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ।

सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन।

पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुंगालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन्। पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ।

सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ। यससँगै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend