काठमाडौं- सरकारले खाना पकाउने ग्याससहित पेट्राेलियम पदार्थको मूल्य बढाएकाे छ।
शनिबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले ग्यासकाे मूल्य प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँले बढाएकाे छ भने पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेलमा प्रतिलिटर ६ रूपैयाँ बढाएकाे हो।
मूल्यवृद्धिसँगै अब ग्यासकाे मूल्य दुई हजार ११० रूपैयाँ पुगेको छ। यस्तै पेट्रोलको मूल्य प्रतिलिटर १८५ पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर १७९ रूपैयाँ पुगेको छ।
हवाई इन्धनमा पनि प्रतिलिटर ८ रूपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टीतेल पनि प्रतिलिटर ६ रूपैयाँले बढेको छ।