सोमबार, असोज ७ गते २०८१    
images
images

शुक्रबार पनि तोलामा ८ सय रुपैयाँ घट्यो सुन

images
शुक्रबार, असोज १२ २०८०
images
images
शुक्रबार पनि तोलामा ८ सय रुपैयाँ घट्यो सुन

शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। बिहीबार तोलामा १४ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि तोलामा ८ सय रुपैयाँ घटेको हो।  

images
images
images

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  

images

नेपाली बजारमा यो साता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। आइतबार एक दिन बढेको सुनको मूल्य त्यसयता निरन्तर ओरालो लागेको हो।


प्रकाशित : शुक्रबार, असोज १२ २०८००६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend