मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

१३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
images
images
१३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको १३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेको छ। २०८८ मा परिपक्व हुने यस विकास ऋणपत्र असोज १४ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

images
images

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले विकास ऋणपत्र खरिद गर्नसक्ने जनाएको छ। 

images
images

उक्त विकास ऋणपत्र असोज १५ गते जारी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको अर्धवार्षिकरुपमा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

images
images
images

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संसोधन गर्दै पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। हालसम्म राष्ट्र बैंकले करिब ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। विकास ऋणपत्र मार्फत राष्ट्र बैंकले ५९ अर्ब २१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाएको छ। करिब ७ प्रतिशतमा ब्याजदरमा राष्ट्र बैंकले विकास ऋणपत्र जारी गरिरहेको छ।


प्रकाशित : शुक्रबार, असोज १२ २०८००५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend