सोमबार, असोज ७ गते २०८१    
images
images

सुन आयातको कोटा १० केजीले बढ्यो, दैनिक आयात नभए अर्को महिना जोड्न नपाइने

images
बुधबार, असोज १० २०८०
images
images
सुन आयातको कोटा १० केजीले बढ्यो, दैनिक आयात नभए अर्को महिना जोड्न नपाइने

तर, राष्ट्र बैंकले उक्त सुविधा हटाएको छ। अब सुन आयातकर्ताले दैनिक अनिवार्यरुपमा २० केजी सुन आयात गर्नुपर्ने हुन्छ। कुनै महिनाको कुनै दिन सुन आयात नभएमा आयात नभएको सुन परिणाम अर्को महिनाको आयातमा जोड्न पाइदैन।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण १० केजीले बढाएको छ। हाल १० केजी दैनिक सुन आयात भइरहेकोमा अब दैनिक २० केजी सुन आयात गर्न पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

images
images
images

सोमबार वसेको नेपाल राष्ट्र बैंक संचालक समिति बैंठकले सुनको आयात १० केजीबाट बढाएर २० केजी पुर्याउने निर्णय गरेको थियो। उक्त निर्णयनुसार राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले एकिकृत परिपत्र २०७९ संसोधन गर्दै सुनको आयात गर्ने कोटा बढाएको हो। 

सुन आयातको परिणाम बढाएपनि राष्ट्र बैंकले दैनिक आयात परिणाममा भने सर्त राखेको छ। यसअघि दैनिक आयात नभएको सुनको परिमाण अर्को महिना जोड्न पाउने व्यवस्था थियो। अर्थात कुनै महिनाको कुनै दिन १० केजी आयात नभएमा अर्को महिना १० केजी जोडेर आयात गर्ने सुविधा राष्ट्र बैंकले दिएको थियो। 

तर, राष्ट्र बैंकले उक्त सुविधा हटाएको छ। अब सुन आयातकर्ताले दैनिक अनिवार्यरुपमा २० केजी सुन आयात गर्नैपर्ने हुन्छ। कुनै महिनाको कुनै दिन तोकिएको परिमाणमा सुन आयात नभएमा अर्को महिना जोडेर आयात गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

images


प्रकाशित : बुधबार, असोज १० २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend