आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने 

बुधबार, असोज १० २०८०
सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने 

सन्‌राइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।

काठमाडौं- सन्‌राइज क्यापिटलले सेयरधनीहरुलाई ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ।

लक्ष्मी सन्‌राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सन्‌राइज क्यापिटलको १३औँ वार्षिक साधारण सभाले २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

सन्‌राइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको छ। साथै आव २०८०/०८१ को लेखापरिक्षण सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ति विशेष साधारण सभाबाट गर्ने निर्णय भएको छ।

साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सन्‌राइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एकापसमा गाभ्ने/गाभिने सम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि भएको छ। 

कम्पनीले हालसम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेको छ। उक्त म्युचुअल फण्डमध्ये सन्‌राइज फर्स्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्षसम्म ८५ प्रतिशत (करसहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ। साथै कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत दुई सयभन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गरेको छ। 


प्रकाशित : बुधबार, असोज १० २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend