सोमबार, असोज ७ गते २०८१    
images
images

फुटपाथमा व्यापार गर्न दिनु कानूनको बर्खिलाप, व्यवस्थापन गर्न महानगरसँग जग्गा छैन : मेयर बालेन

images
बुधबार, असोज १० २०८०
images
images
फुटपाथमा व्यापार गर्न दिनु कानूनको बर्खिलाप, व्यवस्थापन गर्न महानगरसँग जग्गा छैन : मेयर बालेन

'भारत र चीन बाट ल्याइएका सामानहरु फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन। बरु यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरुलाई धरासायी बनाउँछ', मेयर बालेन शाहले भने।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यापार गर्नु गैरकानूनी भएको बताएका छन्। 

images
images
images

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्न माग गर्दै गत मंगलबारदेखि राष्ट्रिय सभागृहको गेटछेउमा उभिएका ई: लगायतलाई सम्बोधन गर्दै मेयर शाहले फुटपाथमा व्यापार गर्न दिनु कानूनको बर्खिलाप हुने बताएका हुन्। 

'फुटपाथ, बाटोमा व्यापार गर्नु गैरकानूनी हो। यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानूनले हेर्ने गैरकानूनीभन्दा अलग होइन', मेयर शाहले भने, 'काठमाडौंवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न ति मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानूनको समेत बर्खिलाप हुन जान्छ।'

व्यवस्थापनका लागि उपयुक्त ठाउँमा महानगरसँग जग्गा नभएको पनि उनले बताएका छन्। सरकारको स्वामित्वमा भएको जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको भन्दै उनले महानगरसँग जग्गा भएको भए महानगरले त्यहाँ २ कोठाको सार्वजनिक शौचालय सबैभन्दा पहिले बनाउने बताए।

images

देशभित्र बनेका तर ठूलो बजारमा जान नसक्ने, अस्थायी प्रकृतिका आय सिर्जना गर्ने व्यवसाय वा उत्पादनहरुलाई व्यवस्थित गर्ने नीति लिएर काम अगाडि बढाइरहेको उनले बताए। यही नीति लागु भएपछि देशमा उत्पादन भएका सामान र सेवाहरुको काठमाडौंमा बजारीकरण सहज बनाइ अहिले देखिएका त्योसम्बन्धित समस्या कम हुने उनको भनाइ छ।

'संसारैबाट गरिबी हटाउने हो, गरिब होइन। यसैले हामीले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्दैछौँ। सामान्य तालिमहरुबाट प्राप्त गरिने र सहजै बजार पाउने सिपहरु सिकाउनका लागि १० करोड भन्दा बढी बजेट छुट्याएका छौँ। गतवर्ष मात्र हामीले १५ हजार भन्दा धेरैलाई छात्रवृतिको व्यवस्था गरायौँ', मेयर शाहले भने, 'स्वास्थ्यमा १० प्रतिशत छुटको प्रक्रिया लागु गर्नेबित्तिकै हरेक दिन ९०० शय्यामा विपन्नले उपचार पाउने हक स्थापित हुन्छ। यसरी धेरै गर्न सकिने ठाउँ हुँदाहुँदै भारत र चीन बाट ल्याइएका सामानहरु फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन। बरु यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरुलाई धरासायी बनाउँछ।'

निश्चित समय छुट्याएर पनि व्यापार गर्न दिन नसकिने मेयर शाह बताउँछन्। 'समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ। बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरु हिँड्छन्, बिरामीहरु हिँड्छन्। त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन। मानिसहरु बिरामी नपर्ने होइनन्', मेयर बालेन भन्छन्, 'त्यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन्। यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरु पनि हटाइन्छन्। यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन।'


प्रकाशित : बुधबार, असोज १० २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend