शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने मलेसियन कम्पनीसँग सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १० २०८०
images
ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने मलेसियन कम्पनीसँग सम्झौता 

समझदारीपत्रको मस्यौदा मिति २०८० भदौ ८ मा सम्पन्न लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो। समझदारी अनुसार कम्पनीले दुई वर्षभित्र अध्ययन सकाएर प्रतिवेदन बोर्डमा बुझाउने छ। 

images
images

काठमाडौं- नेपालमा ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल कारखानाको सम्भाव्यता अध्ययन गर्नका लागि लगानी बोर्डले मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। 

images
images
images

काराखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि लागि लगानी बोर्ड र रिनिकोलाबीच सम्झौता भएको हो। सम्झौतामा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोलाको अर्तफबाट बह्मिदी अब्देलाइले हस्ताक्षर गरेका छन्। 

images
images

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार कम्पनीले ले ऊर्जाको रूपमा विद्युत शक्तिको उपयोग गरि वातावरणमैत्री प्रविधिमा आधारित भइ मल उत्पादन गर्नका लागि मिति २०७९ पुस २४ गते पेश गरेको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७९ चैत ३० मा सम्पन्न ५३औँ बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। 

images
images

समझदारीपत्रको मस्यौदा मिति २०८० भदौ ८ मा सम्पन्न लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो। समझदारी अनुसार कम्पनीले दुई वर्षभित्र अध्ययन सकाएर प्रतिवेदन बोर्डमा बुझाउने छ। 

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोसिस प्रविधिको प्रयोग गरी मल तयार पार्ने अवधारणा राखेको छ। २६ करोड अमेरिकी डलर लगात अनुमान गरिएको परियोजनाबाट वर्षमा २ लाख ८६ हजानर टन मल उत्पादन हुनेछ। 

 


प्रकाशित : बुधबार, असोज १० २०८०१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend