आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा मंगलबारको वृद्धिले बुधबार पाएन साथ, १८ अंकले घट्दा एक अर्ब ८१ करोडको कारोबार

बुधबार, असोज १० २०८०
सेयर बजारमा मंगलबारको वृद्धिले बुधबार पाएन साथ, १८ अंकले घट्दा एक अर्ब ८१ करोडको कारोबार

बुधबार १८.६० अंकले घटेर २००४.३० बिन्दुमा पुगेको छ। ३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साता लगातार दुई कारोबारमा घटेर मंगलबार बढेको सेयर बजारमा बुधबार पुन: गिरावट आएको छ।

मंगलबार दोहोरो अंकको सुधार देखिएको सेयर बजार बुधबार १८.६० अंकले घटेर २००४.३० बिन्दुमा पुगेको छ। ३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको छ। बजारमा एक सय ९३ कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको भने स्थिर रह्यो।

मंगलबार १८.४५ अंकले बढेर बजार २०२२.९१ बिन्दुमा पुग्दा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको थियो भने सोमबार ५.८९ अंक र आइतबार १९.४२ अंकले बजार घटेको थियो।

बजारमा अझै पनि स्थायी सुधारको आधार भने नदेखिएको विश्लेषकहरू बताउँछन्। नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : बुधबार, असोज १० २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend