आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सरकारले दुई महिनामा तिर्‍यो ४१ अर्ब ६१ करोड रूपैयाँ आन्तरिक ऋण

बुधबार, असोज १० २०८०
सरकारले दुई महिनामा तिर्‍यो ४१ अर्ब ६१ करोड रूपैयाँ आन्तरिक ऋण

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा आन्तरिक ऋणको साँवा ब्याजतर्फ ४१ अर्ब ६१ करोड २२ लाख रूपैयाँ भुक्तानी दिएको छ। साउनमा २५ अर्ब ८४ करोड ६९ लाख  रूपैयाँ र भदौमा १५ अर्ब ७५ करोड ५३ लाख रूपैयाँ भुक्तानी दिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ।

आन्तरिक ऋणको ब्याजबापत साउनमा सरकारले ३ अर्ब ७७ करोड र भदौमा ५ अर्ब रूपैयाँ भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको साउन र भदौमा आन्तरिक ऋणको साँवातर्फ कुल ३२ अर्ब ८३ करोड र ब्याजतर्फ ८ अर्ब ७८ करोड रूपैयाँ भुक्तानी गरेको छ।

अर्कोतर्फ सरकारले साउनमा १३ अर्ब ६ करोड रूपैयाँ र भदौमा ३१ अर्ब ३० करोड गरी ४४ अर्ब २६ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको छ। योसँगै सरकारको आन्तरिक ऋणको दायित्व ११ खर्ब ४० अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।

यस्तै सरकारले ८ अर्ब १७ करोड रूपैयाँ बराबरको वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ। साउनमा १ अर्ब ९० करोड र भदौमा ६ अर्ब २६ करोड वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी दिएको कार्यालयले जनाएको छ। यस अवधिमा वैदेशिक ऋणको साँवातर्फ ५ अर्ब ८८ करोड र ब्याज दायित्वतर्फ २ अर्ब २९ करोड रूपैयाँ भुक्तानी गरिएको छ। 

वाह्य ऋणतर्फ सरकारले साउनमा करिब २ अर्ब ७२ करोड र भदौमा २ अर्ब २५ करोड ४९ लाख गरी कुल ४ अर्ब ९७ करोड रूपैयाँ बराबर शोधभर्ना लिएको छ। योसँग सरकारको वैदेशिक ऋणको दायित्व ११ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ। 

चालु आर्थिक वर्षको दुई महिना सहित नेपाल सरकारको कुल ऋण दायित्व २३ खर्ब १० अर्ब रूपैयाँ पुगेको छ। नेपालको ऋण दायित्व हिस्सा कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४२.९२ प्रतिशत पुगेको छ।


प्रकाशित : बुधबार, असोज १० २०८००८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend