सोमबार, असोज ७ गते २०८१    
images
images

पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

images
बुधबार, असोज १० २०८०
images
images
पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निुकञ्ज पर्यटकको सम्भावना बोकेको क्षेत्र हो। शुक्लाफाँटामा सयौँको संख्यामा देखिने बाह्रसिंगाको झुन्ड र घाँसे मैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षणका रूपमा छ।

images
images

कञ्चनपुर- पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। ती पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन्।

images
images
images

यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन्। तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छाडेर काठमाडौं, पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ। 

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधै काठमाडौं पोखरालगायतका सहर घुम्न जाने गरेको बताए। 'अहिले विदेशी पर्यटक आउने संख्या बढेको छ', उनले भने, 'गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउनेक्रम बढेको छ।'

अध्यागमन कार्यालयको तथ्यांक अनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए। यो वर्षको हालसम्म ६ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन्। सप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

images

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निुकञ्ज पर्यटकको सम्भावना बोकेको क्षेत्र हो। शुक्लाफाँटामा सयौँको संख्यामा देखिने बाह्रसिंगाको झुन्ड र घाँसे मैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षणका रूपमा छ।

यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका गाउँ दोधारा र चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल पनि छ। यस पुलको लम्बाइ एक हजार चार सय ९५ मिटर छ। दोधरा चाँदनीसम्म पुग्ने अव्यवस्थित सडक, बाहिरबाट आउने पर्यटकका लागि बसोबासका लागि उचित होटल नभएको कारणले पर्यटक त्यहाँसम्म पुग्न सकिरहेका छैनन्।

त्यसैगरी धार्मिक र पुरातात्विक महत्वका हिसाबले यहाँका धार्मिक पर्यटकीयस्थल महत्त्वपूर्ण छन्। बेदकोट ताल र झिलीमिली ताल पनि महत्त्वपूर्ण पर्यटकीयस्थल छन्। तर यहाँसम्म पुग्ने सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन्।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्यस्तरबाट लगानी हुन नसकेको बताए। 'हाम्रो यहाँ पर्यटनका थुप्र्रै सम्भावना छन्, तर पूर्वाधार र प्रचारप्रसार अभावले गर्दा ओझेलमा छन्', मल्लले भन्नुभयो, 'सहज महँगो यातायात र पर्यटकीय क्षेत्रमा सुविधसम्पन्न होटललगायतको सुविधा छैन।'

उनले यहाँको पर्यटन विकासका लागि राज्यस्तरबाट पर्याप्त लगानी हुन नसकेको बताए। कञ्चनपुरबाट भारतको राजधानीसहितका ठूलाठूला सहर नजिक छन्। ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने यहाँका व्यवसायी बताउँछन्।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ पुगेका पर्यटक पनि यहाँ नबस्ने गरेको बताए। 'प्रचारप्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्', उनले भने, 'नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन।' योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए।

त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ। महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानवनिर्मित ताल निर्माण गर्न लागेको छ।

महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन्। त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना गरेको छ। पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि आइसलेन्डसहितका चारवटा पोखरी निर्माण हुन लागेका छन्। यसले पनि यहाँको पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बुधबार, असोज १० २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend