आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साउनमा ग्लोबल आईएमई बैंकले कमायो सबैभन्दा धेरै नाफा, नबिल दाेस्रोमा

सोमबार, असोज ८ २०८०
साउनमा ग्लोबल आईएमई बैंकले कमायो सबैभन्दा धेरै नाफा, नबिल दाेस्रोमा

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको नाफा घटेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कनुसार बैंकहरूको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब ५.६७ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका बैंकहरूले यस वर्षको सोही अवधिमा ८ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेका छन्। यस अवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। साउनमा ग्लोबल आइएमई बैंकले ९९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ। 

गत आर्थिक वर्ष सर्वाधिक नाफा कमाएको नबिल बैंकले साउनमा ७५ करोड रुपैयाँ मात्रै खुद नाफा गर्दै दोस्रो स्थानमा रहेको छ। 

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड रुपैयाँ खुद नाफा गरेको छ। चौथो स्थानमा रहेको हिमालयन बैंकले ६३ करोड रुपैयाँ नाफा आर्जन गर्दा कुमारी बैंकले ५७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड, प्राइम कमर्सियल बैंकले ४२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४१ करोड, एनएमबि बैंकले ३८ करोड, एनआईसी एसिया बैंकले ३८ करोड, नेपाल बैंक लिमिटेडले ३६ करोड, कृषि विकास बैंकले ३३ करोड, सिदार्द्ध बैंकले २९ करोड, सानिमा बैंक र स्टार्डर्ड चार्टर्ड बैंकले २५/२५ करोड, सिटिजन्स इन्टरनेशनल बैंकले २४ करोड, माछापुच्छ्रे बैंक १८ करोड र नेपाल एसबीआई बैंकले १६ करोड रुपैयाँ नाफा गरेको छ। 

नाेट: नबिल दास्राे हुनु पर्नेमा अन्यथा भएकाेमा सच्चाईएकाे छ- सम्पादक

 


प्रकाशित : सोमबार, असोज ८ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend