आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिटिजन लाइफको आईपीओले कति पाउला ओपन रेञ्ज?

सोमबार, असोज ८ २०८०
सिटिजन लाइफको आईपीओले कति पाउला ओपन रेञ्ज?

कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले १७२.४३ देखि ५१७.२९ रूपैयाँसम्मको ओपन रेञ्ज पाउने देखिएको छ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ  १७२.४३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो। नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ। सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो। कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ।

कम्पनीको आईपीओ भदौ २८ गते बाँडफाँट भएको थियो। कम्पनीको आईपीओमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रूपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रूपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो। 


प्रकाशित : सोमबार, असोज ८ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend