आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

५ अंकले घट्यो सेयर बजार, १ अर्ब ५६ करोडको मात्र कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ८ २०८०
५ अंकले घट्यो सेयर बजार, १ अर्ब ५६ करोडको मात्र कारोबार

काठमाडौं- आइतबार १९.४२ अंकले घटेको बजार सोमबार पनि ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा पुगेको छ। गएको साता चार दिन भएको कारोबारमा समग्रमा २२.७ अंकको वृद्धि देखिएको सेयर बजारमा यो साता दुई कारोबार नै निरस देखिएको छ।

वृद्धितर्फ लाग्ने आशाविपरित बजारले गएको साताको लय समात्न नसकेको हो। बजार निरन्तर उही बिन्दु वरपर देखिएको छ। सोमबार ९२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : सोमबार, असोज ८ २०८००९:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend