सोमबार, असोज ७ गते २०८१    
images
images

नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

images
सोमबार, असोज ८ २०८०
images
images
नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ।

images
images

बाँके- नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ।

images
images
images

साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए।

'पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो', उनले भने, 'अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ।'

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ।

images

बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए। उनले नेपालगञ्ज-गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गरे। नेपालगञ्ज-गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज-गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज-गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ। यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ। बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ।

सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ। गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो।

यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इन्जिनियर पाण्डेले बताए।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज-गुलरिया सडक विस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको बताए।

उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए। 'हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ', उनले भने, 'सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ।' रासस


प्रकाशित : सोमबार, असोज ८ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend