आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सन् २०२३ को ८ महिनामा साढे ५४ लाखले गरे हवाई यात्रा

images
सोमबार, असोज ८ २०८०
images
सन् २०२३ को ८ महिनामा साढे ५४ लाखले गरे हवाई यात्रा

९ महिनाकै अविधिमा २६ लाख ९ हजार १ सय ९३ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- सन् २०२३ को ८ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर साढे ५४ लाख भन्दा बढीले हवाई यात्रा गरेका छन्।  

images
images
images

विमानस्थल कार्यालयको तथ्यांकअनुसार सन् २०२३ जनवरीदेखि अगष्टसम्ममा ५४ लाख ६० हजार १ सय ५१ जनाले हवाई यात्रा गरेका छन्। ९ महिनाकै अवधिमा ८० हजार ४ सय ६५ वटा टेक अफ तथा ल्याण्ड भएका छन्।

images
images

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या २८ लाख ५० हजार ९ सय ५८ रहेको छ। जसमा नेपाल प्रवेश गर्ने यात्रुको संख्या १२ लाख ९० हजार ६ सय ७५ रहेको छ भने नेपालबाट विश्वका विभिन्न गन्तव्यमा पुग्ने यात्रुको संख्या १५ लाख ६० हजार २ सय ८३ जना रहेका छन्।

images
images

९ महिनामा अन्तर्राष्ट्रियतर्फ २० हजार ३० वटा टेक अफ तथा ल्याण्ड भएको छ। टेक अफतर्फ १० हजार १५ र ल्याण्डतर्फ १० हजार १५ रहेको तथ्यांकमा उल्लेख छ।

यसैगरी ९ महिनाकै अविधिमा २६ लाख ९ हजार १ सय ९३ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। आन्तरिक हवाई यात्रा गर्नेमा पनि काठमाडौंबाट विभिन्न गन्तव्य जाने यात्रुको संख्या १२ लाख ९२ हजार ६१ र विभिन गन्तव्यबाट काठमाडौं आउने यात्रुको संख्या १३ लाख १७ हजार १ सय ३२ रहेको विमानस्थल कार्यालयले जनाएको छ। ८ महिनामा आन्तरिक तर्फ ६० हजार ४ सय ३५ वटा उडान तथा अवतरण भएको छ। 

अन्तर्राष्ट्रिय उडानतर्फ कुन महिना कति यात्रु?

जनवरी-  ३४५७२१

फेब्रुअरी-  ३३३६२५

मार्च-  ३९७८७१

अप्रिल-  ३८९४०९

मे-   ३७६८५७

जुन-   ३४६३७९

जुलाई-  ३२२९४८

अगस्ट-  ३३८१४८

आन्तरिकतर्फ कुन महिनामा कति यात्रु?

जनवरी-  २५९९८६

फेब्रुअरी-  २७९९७८

मार्च-  ३४७२१३

अप्रिल-  ३५९७८४

मे-   ३८४०४६

जुन-   ३४१३९२

जुलाई-  ३२५७३८

अगस्ट-  ३११०५६


प्रकाशित : सोमबार, असोज ८ २०८००४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend