सोमबार, असोज ७ गते २०८१    
images
images

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ८ २०८०
images
images
बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान

नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए। 

images
images

बेइजिङ- आइतबार चीनको राजधानी बेइजिङमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै  गर्दै पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई नेपाल आएर ढुक्कसँग लगानी गर्न आव्हान गरे। 

images
images
images

सरकार एक्लैले नेपालको समग्र विकास सम्भव नभएको र निजी क्षेत्रसँगको सहकार्यमा  सरकारले विश्वास गरिरहेको उनले उक्त क्रममा बताएका थिए। 

‘निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ’ उनले भने। 

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गरेका हुन्। 

images

प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए। 

ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त छन्। ‘म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन। तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ। उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ’ उनले भने। 

चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा कुनै समस्या नभएको तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनको भनाइ छ । 

नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ। नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ। 

बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित विजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य भएको बताए। चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उनको धारणा थियो। 

नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए। 

सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो। सोही समिटमा आइएमइ ग्रुपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सोही सम्मेलनमा नै नेपालको सिजी मोटर्स् र चीनको जिएसी मोटर्स्का बीचमा पनि आगामी दिनको संयुक्त लगानी एवं सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चीनका कम्तीमा पनि एक सय २० उद्योगी व्यवसायीको उपस्थिति रहेको सो संयुक्त लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि नेपालमा चिनियाँ लगानी आकर्षित गर्न गरिएको सामान्य सुरुआतका रुपमा लिन सकिने सम्मेलनमा उपस्थित नेपाली र चिनियाँ व्यवसायीले बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको लगानी तथा वैदेशिक मामिला फोरमका सभापति मनोज पौडेलले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, स्टार्टपलगायतमा अहिले लगानीका अधिक सम्भावना रहेकाले नेपालमा लगानी गर्ने जुनसुकै विदेशी लगानीकर्ताले पनि राम्रो प्रतिफल लिन सक्ने बताए।  

सम्मेलनमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतका उद्योगी व्यवसायीले नेपालमा वैदेशिक लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेर नेपाल सरकारले आफ्ना निकाय एवं नियोगलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए। सो सम्मेलनमा नेपालका करिब ५० जना उद्योगी व्यवसायीको सहभागिता रहेको थियो    

सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताए।  उनले सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए।  रासस


प्रकाशित : सोमबार, असोज ८ २०८००३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend