आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

प्राधिकरणले दियो कोरियन एयरको उडान रोक्ने चेतावनी

सेफ्टी अडिटका नाममा नेपाली वायुसेवालाई उडानमा आलटाल

images
आइतबार, असोज ७ २०८०
images
प्राधिकरणले दियो कोरियन एयरको उडान रोक्ने चेतावनी
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान रोक्ने चेतावनी दिएको छ। प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले नै कोरियन एयरको उडान रोक्ने चेतावनी दिएका हुन्।

images
images
images

लामो समयदेखि नेपाली वायुसेवा कम्पनीलाई उडान नदिएको र एकलौटी रुपमा आफूमात्रै उडान गरिरहेको कोरियन एयरको उडान रोक्ने चेतावानी प्राधिकरणले दिएको हो। कोरियन नागरिक उड्डयन निकायले नेपाली वायुसेवा कम्पनीलाई उडान दिन लामो समयदेखि आलटाल गरेको ठहर गर्दै प्राधिकरणले कोरियन एयरको उडान रोक्ने चेतावनी दिएको प्राधिकरणले जनाएको छ।

images
images

कोरियनहरूले कहिले नेपाल एयरलाइन्सको अडिट गर्नु पर्ने त कहिले प्राधिकरणको अडिट गर्नुपर्ने भन्दै आलटाल गरेपछि कोरियन एयरको उडान रोक्ने चेतावनी दिएको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न पत्र पठाइसकेको छ।

images
images

कोरियन एयरले अहिले नेपालमा साताको ५ वटा उडान गरिरहेको छ तर हवाई सम्झौतामा २ देशले नै उडान गर्न पाउने उल्लेख भएपनि कोरियन पक्षले लामो समयदेखि अडिटको विषय उठाउँदै नेपाली वायु सेवा कम्पनीलाई उडान गर्न दिएको छैन। ३/४ वर्ष अगाडिदेखि नै नेपाल एयरलाइन्सले कोरिया उडान गर्न खोजिरहेको छ तर कोरियले नेपाल एयरलाइन्सको अडिट गर्नु पर्ने भन्दै रोकिरहेको छ।

पछिल्लो सयम नेपाल एयरलाइन्सको अडिट गर्न अनुमति पाएपनि कोरियाले पुन: प्राधिकरणको अडिट गर्नु पर्ने विषय उठाएको थियो। 

प्राधिकरणले आइकाओको अडिटमा आफूलाई अब्बल भएको सावितसम‍ेत गरिसकेको छ। प्राधिकरणले अडिटमा सहमति पनि दिएको थियो। फेरि अहिले नेपाली वायुसेवा कम्पनीलाई उडान नदिइ एकलौटी उडानको प्रपञ्च गर्दै कोरियाले नयाँ बहाना झिकेको छ। कोरियाले अडिटको रकम नेपाल सरकारबाट नै हुनपर्ने भन्दै नयाँ विषय झिकेर उडानमा अनुमति नदिएपछि प्राधिकरणले समर सेड्युलपछि कोरियन एयरलाई उडान गर्न नदिने चेतावनी दिएको हो।

प्राधिकरणले नागरिक उड्डयन संगठनहरूको विश्वव्यापी हुने कार्यक्रमहरूमा यो विषय उठाउँदै आएको थियो। कोरियाले अडिटपछि अनुमति दिने भन्दै आलटाल गरिरहेको छ। यही अक्टोबरमा बंगलादेशमा हुने एसिया प्रशान्त क्षेत्रका हवाई उड्डयन महानिर्देशकहरूको बैठकमा समेत प्राधिकरणले यो विषय उठान गर्ने भएको छ।

'कुनै पनि देशले हवाई सम्झौताविपरित आफू मात्रै एकलौटी उडान गर्ने भन्ने कुरा हुँदैन,' प्राधिकरणले स्रोतले भन्यो,' नेपाली वायुसेवा कम्पनीहरूले कोरिया उडान गर्न नपाउने हो भने कोरियन एयरको पनि नेपालमा उडान बन्द हुन्छ।'

कोरियाले नेपाल एयरलाइन्सको अडिट गर्ने प्रस्तावपछि उसलाई अनुमति मिलेको थियो तर अडिट पनि नगर्ने र अडिटको रकमसमेत तिर्नु पर्ने विभिन्न बहाना झिकेर अडिट भएको छैन। अडिट नभएको भन्दै आफ्नो देशको एयरलाइन्सको बिजनेस हेरेर नेपाली वायुसेवालाई उडानमा रोक लगाएको भन्दै प्राधिकरणले उडान नै रोक्ने चेतावनी दिएको हो।

कोरियन उड्डयन निकायले कोभिडअगाडि २०७५ देखि नै निगमको सेफ्टी अडिट गर्ने र नेपाल एयरलाइन्सलाई उडान दिने भन्दै आएको छ तर अडिटमा भने आलटाल गरिरहेको छ।

कोभिडपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सम्रग नेपाली उड्डयन क्षेत्रको अडिट गरेको थियो। नेपालको सुरक्षा क्षेत्र ७१ प्रतिशतमा पुगेको थियो। सोही आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको अनुरोध र कोरियन उड्डयनको पत्रलाई स्वीकार गर्दै निगमको सेफ्टी अडिटको लागि अनुमति दिएको थियो तर अनुमति पाएको ६ महिनाभन्दा लामो समयसम्म पनि कुनै काम सुरु गरेको छैन। यसको पछाडिको एउटै खेल नेपाली वायुसेवालाई उडानमा प्रतिबन्ध लगाउनु भएको प्राधिकरणको ठहर छ।

'अब प्राधिकरणले कोरियन पक्षको आलटाललाई स्वीकार गरेर बस्दैन। नेपाली वायुसेवा कम्पनीलाई कोरिया उडानमा अनुमति नदिने हो भने कोरियन एयरको पनि नेपालमा उडान बन्द हुन्छ,' प्राधिकरण स्रोतले भन्यो, 'कोरियन एयरले मात्रै बिजनेस गर्न पाउने त हुँदैन। हवाई सम्झौताअनुसार दुईपक्षीय नै हुन पर्छ। एकपक्षीय कामलाई अब प्राधिकरणले स्वीकार गर्न सक्दैन। नेपालले उडान अनुमति नपाउने हो भने कोरियन एयरको उडान पनि रोकिन्छ।'


प्रकाशित : आइतबार, असोज ७ २०८०१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend