आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गएको साता देखिएको वृद्धिले साथ पाएन, सेयर बजार पुन: राताम्य

आइतबार, असोज ७ २०८०
गएको साता देखिएको वृद्धिले साथ पाएन, सेयर बजार पुन: राताम्य

काठमाडौं- गएको साता चार दिन भएको कारोबारमा समग्रमा २२.७ अंकको वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार नै निरस देखिएको छ। वृद्धितर्फ लाग्ने आशाविपरित बजारले गएको साताको लय समात्न नसकेको हो। बजार निरन्तर उही बिन्दु वरपर देखिएको छ। 

आइतबार १९.४२ अंकले घटेर बजार २०१०.३५ बिन्दुमा झरेको छ। ६२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। १६६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारको गिरावटपछि सकारात्मक संकेत गरेको बजारमा अन्तिम कारोबारमा उछाल देखिएको थियो। गतसाता आइतबार ४२.१४ अंकले घटेर सोमबार ४.२६ अंकले बढेको थियो। मंगलबार १६.२४ अंकले बढेको बजार बुधबार कारोबार बन्द रहँदा बिहीबार पुन: ४४.३४ अंकले बढेको थियो। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : आइतबार, असोज ७ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend