आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

भदौमा पनि रोकिएन आयातको घट्दोक्रम, निर्यात पनि बढ्न सकेन

आइतबार, असोज ७ २०८०
भदौमा पनि रोकिएन आयातको घट्दोक्रम, निर्यात पनि बढ्न सकेन

चालु आर्थिक वर्षको दुई महिनामा आयातसँगै निर्यात पनि घटेको छ। गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा निर्यात ७.७९ प्रतिशतले घटेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब ७५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। यस्तो आयात गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५.०६ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्ष २ खर्ब ७३ अर्ब ५८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो।

चालु आर्थिक वर्षको दुई महिनामा आयातसँगै निर्यात पनि घटेको छ। गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा निर्यात ७.७९ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २६ अर्ब ४४ करोड रूपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ। 

आयात र निर्यातमा आएको कमीसँगै व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको भदौसम्ममा २ खर्ब ४४ अर्ब रूपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा २ खर्ब ३३ अर्ब कायम भएको छ। 


प्रकाशित : आइतबार, असोज ७ २०८००८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend