सोमबार, असोज ७ गते २०८१    
images
images

कामपाको श्रम बैंकमा चार सय आवेदन

images
शनिबार, असोज ६ २०८०
images
images
कामपाको श्रम बैंकमा चार सय आवेदन

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसोबास भएको हुनु पर्नेछ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेका छन्। गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेको महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

images
images
images

उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो। सोही अनुसार महानगरले आवेदन माग गरेको हो।

'यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ', प्रमुख राईले भनिन्।

उनका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन्। महानगरका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताइन्।

images

महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै संकलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिइन्। 'बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो', उनले भनिन्, 'महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम हुन्छ। जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ।'

कार्यक्रमको मुख्य उद्देश्य सहजरुपमा श्रमिक उपलब्ध गराइ सीप क्षमता भएका श्रमिकलाई काममा लगाइ उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन्। उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ।

राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने उनले बताइन्।

'श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसोबास भएको हुनुपर्ने छ', प्रमुख राईले भनिन्, 'यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ।' उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ। रासस


प्रकाशित : शनिबार, असोज ६ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend