सोमबार, असोज ७ गते २०८१    
images
images

शिक्षक महासंघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ५ २०८०
images
images
शिक्षक महासंघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता हुने

शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।

images
images

काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शिक्षा विधेयकको विरोधमा विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ।

images
images
images

शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।

शिक्षक महासंघका प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकले राखेका मूलभूत विषयमा सहमति भएको जानकारी दिइन्।

'शिक्षकका मागअनुसार विधेयक संशोधन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमा शिक्षकहरू सहमत छन्,' शर्माले भनेकी छिन्। विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधनका लागि महासंघका प्रतिनिधिसहितको कार्यदल बन्ने भएको छ। त्यसले दिने सुझावका आधारमा विधेयक संशोधन गरिने बताइएको छ।

images

आफूहरूको सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुनेलगायतका विभिन्न माग राखेर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा थिए। शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग उनीहरूले अघि सारेका थिए।


प्रकाशित : शुक्रबार, असोज ५ २०८०१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend