आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

असोज १५ गतेसम्म सेयर खरिद गर्ने एनआईसी एसियाका लगानीकर्ताले ३०.५२ प्रतिशत लाभांश पाउने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ५ २०८०
असोज १५ गतेसम्म सेयर खरिद गर्ने एनआईसी एसियाका लगानीकर्ताले ३०.५२ प्रतिशत लाभांश पाउने 

काठमाडौं- शुक्रबार बसेको एनआईसी एसिया बैंकको सञ्चालक समिति बैठकले असोज २८ गतेलाई साधारणसभाको मिति तय गरेको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्मलाई बुक क्लोजको मिति तय गरेको छ। असोज १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले एनआईसी एसिया बैंकको ३०.५२ प्रतिशत लाभांश पारित गरेको छ।  

यस बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको छ। बैंकको साधारणसभा आर्मी अफिसर्स क्लबमा गर्ने तय भएको छ।


प्रकाशित : शुक्रबार, असोज ५ २०८०११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend