बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

अनलाइन बेटिङ भन्दै फिफिया एप्लिकेसनमार्फत ११ लाख २७ हजार ठगी गर्ने एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ५ २०८०
images
images
अनलाइन बेटिङ भन्दै फिफिया एप्लिकेसनमार्फत ११ लाख २७ हजार ठगी गर्ने एकजना पक्राउ

एप्स इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्सबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

images
images

काठमाडौं- फिफिया नामको एप्लिकेसनमार्फत अनलाइन बेटिङ भन्दै ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका-६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images

उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर जिमेलआइडी, फिफिया एप्लिकेसन इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्लिकेसनबाट हुने आर्थिक कारोबार नेपालमा कानूनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

images
images
images

विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए।


प्रकाशित : शुक्रबार, असोज ५ २०८००७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend