सोमबार, असोज ७ गते २०८१    
images
images

साल्ट ट्रेडिङले थाल्यो १० हजार मेट्रिक टन चिनी खरिद प्रक्रिया, अस्वभाविक मूल्यवृद्धि कम होला?

images
शुक्रबार, असोज ५ २०८०
images
images
साल्ट ट्रेडिङले थाल्यो १० हजार मेट्रिक टन चिनी खरिद प्रक्रिया, अस्वभाविक मूल्यवृद्धि कम होला?

मन्त्रिपरिषदको निर्णय भएको एक सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेको हो। कर्पोरेसनले १५ दिनको समय राखेर टेन्डर सूचना गरेको छ।

images
images

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन चिनी खरिद प्रक्रिया सुरु गरेको छ। बजारमा व्यवसायीले चिनी अभाव देखाउँदै महँगो शुल्क लिएपछि केही दिनअगाडि बसेको मन्त्रिपरिषदको बैठकले २ वटा सरकारी कम्पनीलाई १०/१० हजारका दरले २० हजार मेट्रिक टनका चिनी खरिदका लागि स्वीकृति दिएको थियो। ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी खरिदका लागि सरकारीले स्वीकृत दिएको थियो। 

images
images
images

बजारमा चिनी अभाव हुन नदिन र कालो बजारी रोक्न भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४० हजार मेट्रिक टन चिनी खरिदका लागि सरकारसँग अनुमति मागेको थियो। तर अर्थ मन्त्रालयले तत्कालका लागि २० हजार मेट्रिक टन मात्रै चिनी खरिद गर्न सहमति दिएको थियो। सोहीअनुसार मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

मन्त्रिपरिषदको निर्णय भएको एक सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेको हो। कर्पोरेसनले १५ दिनको समय राखेर टेन्डर सूचना गरेको छ। कर्पोरेसनले जति सक्दो छिट्टो चिनी खरिद गरेर चाडपर्वमा बजारमा चिनीको अभाव हुन नदिने लक्ष्य लिएको छ।

अहिले सरकारी २ वटै व्यापार कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनी छैन। सरकारी व्यापार कम्पनीसँग चिनी नभएको मौका छोपेर व्यवसायीले चिनीको अभाव देखाउँदै अस्वभाविक मूल्य बढाएका छन्। बजारमा अहिले चिनी प्रतिकिलो १ सय ४० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ। 

images


प्रकाशित : शुक्रबार, असोज ५ २०८००४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend