आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा देखियो उछाल, २००० बिन्दुमाथि लागेको बजारमा आउने साता पनि मिल्ला वृद्धिको साथ?

बिहीबार , असोज ४ २०८०
सेयर बजारमा देखियो उछाल, २००० बिन्दुमाथि लागेको बजारमा आउने साता पनि मिल्ला वृद्धिको साथ?

काठमाडौं- यो साता पहिलो कारोबारको गिरावटपछि सकारात्मक संकेत गरेको सेयर बजारमा अन्तिम कारोबारमा बिहीबार उछाल देखिएको छ। निरन्तर उही बिन्दु वरपर देखिएको बजारले सुधारतर्फको संकेत गरेको हो। 

साताको पहिलो कारोबारमा आइतबार ४२.१४ अंकले घटेर सोमबार ४.२६ अंकले बढेको थियो। मंगलबार १६.२४ अंकले बढेको बजार बुधबार कारोबार बन्द रहँदा बिहीबार पुन: बढ्यो। बिहीबार ४४.३४ अंकले बढेर बजार २०२९.७८ बिन्दुमा पुगेको छ। ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको बजारमा २१७ कम्पनीको सेयर मूल्य बढेको छ। ११ कम्पनीको सेयर मूल्य घटेको छ। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहँदा अहिले वृद्धितर्फ देखिएको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।

बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि देखिँदै बाँकी दिन ओरालोतर्फ नै देखिन्छ। सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार स्थायीरुपमा अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। यसैले आउने साता पनि यही वृद्धिको साथले निरन्तरता पाउने यकिन आधार नभएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , असोज ४ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend