आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

थप १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ४ २०८०
थप १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। ५ वर्ष अवधिको उक्त ऋणपत्र २०८५ असोज ७ गते परिपक्व हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्था, गैर-बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई बोलकबोलमा सहभागि हुन राष्ट्र बैंकले आव्हान गरेको छ।

असोज ५ गते १२.३० सम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा हालसम्म ४९ अर्ब २१ करोड रुपैयाँ संकलन गरिसकेको छ।

विकास ऋणपत्रको औषत कष्ट अफ रेट(ब्याजदर) ६.९६ कायम भएको छ। साउन १८ गते यता ९ पटक ऋणपत्र जारी भएकोमा ६ पटकसम्म कट अफ रेट ७ प्रतिशत कायम भएको छ।

चालु आर्थिक वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा पहिलो र दोस्रो त्रैमासमा ५५/५५ अर्बका दरले १ खर्ब ११० अर्ब उठाउने लक्ष्य रहेको छ। बाँकी रहेको १ खर्ब ३० अर्ब रुपैयाँ आर्थिक वर्षको अन्तिम ६ महिना उठाउने कार्यतालिकामा उल्लेख गरिएको छ।


प्रकाशित : बिहीबार , असोज ४ २०८००८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend