आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

४.३ प्रतिशले आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण, लगानीकर्ताको आत्मविश्वास नफर्किए अझै खस्किन सक्छ

बुधबार, असोज ३ २०८०
४.३ प्रतिशले आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण, लगानीकर्ताको आत्मविश्वास नफर्किए अझै खस्किन सक्छ

गत आर्थिक वर्षका पाँच महिनामा सरकारले लगाएको आयात प्रतिबन्ध, मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै मौद्रिक नीतिमा गरिएको कडाइका कारणले गर्दा न्यून वृद्धिदर भएको एडीबीको विश्लेषण छ। गत वर्षकै न्यून माग र गतिविधिको असर अहिलेसम्म कामय रहेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.३ प्रतिशतले हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ। नेपाल डेभलपमेन्ट अपडेट्स प्रतिवेदनमार्फत् एडीबीले चालु वर्षका लागि यसअघिको प्रक्षेपणबाट घटाएको छ। 

गत आर्थिक वर्षमा प्रक्षेपणभन्दा न्यून वृद्धि भएको र यो वर्ष पनि बजारमा मागले अझै लय समात्न नसकेकाले गत वर्षको भन्दा धेरै तल अनुमानभन्दा केही थोरै वृद्धिदर हुने एडीबीको प्रक्षेपण छ। 

गत आर्थिक वर्षका पाँच महिनामा सरकारले लगाएको आयात प्रतिबन्ध, मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै मौद्रिक नीतिमा गरिएको कडाइका कारणले गर्दा न्यून वृद्धिदर भएको एडीबीको विश्लेषण छ। गत वर्षकै न्यून माग र गतिविधिको असर अहिलेसम्म कामय रहेको छ। 

यद्यपि पछिल्लो समय सरकार तथा राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि नीतिगत अग्रसरताको सुरुवात गरेका छन्। राष्ट्र बैंकले नीतिगत दरमा केही राहत दिएको छ भने सरकारले पुँजीगत खर्च बढाउने कार्यनीति लिएको छ। यी नीतिको कार्यान्वयन भएको खण्डमा आर्थिक वृद्धिदर गत वर्षकोभन्दा धेरै अर्थात् ४.३ प्रतिशत हुने एडीबीको विश्लेषण छ। तर पनि यो यसअघिको अनुमानभन्दा न्यून हो। 

न्यून हुनसक्ने कारणमा एडीबीले लगानीकर्तामा विश्वास अझै नफर्किएको, मौद्रिक नीतिको दबाबको प्रभाव अझै घटेको छैन। अपर्याप्त वर्षातका कारणले गर्दा घट्नसक्ने धान उत्पादनले आर्थिक वृद्धिदर अझै प्रभावित हुनसक्ने बताइएको छ। 

भुक्तानी सन्तुलनमा भएको सुधारले गर्दा बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको करिब जोखिममुक्त रहेको छ। यस्तोमा आन्तरिक माग सिर्जना तथा लगानीकर्ताको विश्वास बढाउने काम नभएमा वृद्धिदर अझै खस्किनसक्ने एडीबीको निष्कर्ष रहेको छ। 

प्रकाशित : बुधबार, असोज ३ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend