आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार दोस्रो दिन हरियालीतर्फ सेयर बजार, सुधारको संकेतबीच १ अर्ब १७ करोडको कारोबार

मंगलबार, असोज २ २०८०
लगातार दोस्रो दिन हरियालीतर्फ सेयर बजार, सुधारको संकेतबीच १ अर्ब १७ करोडको कारोबार

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार ४२.१४ अंकले घटेर सोमबार ४.२६ अंकले बढेको सेयर बजार मंगलबार पनि वृद्धितर्फ नै देखिएको छ। गएको साता सुधारको संकेत गरेको नेप्से परिसूचकमा यो साता पहिलो कारोबार कमजोर देखिँदा थप दुई दिन सुधारतर्फ देखिएको हो।

मंगलबार १६.२४ अंकले बढेर बजार १९८५.४३ बिन्दुमा पुगेको छ। १८२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। ३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि देखिँदै बाँकी दिन ओरालोतर्फ नै देखिन्छ। सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार स्थायीरुपमा अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।

 


प्रकाशित : मंगलबार, असोज २ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend