शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विवादित टेरामोक्समा अनियमितताको अनुसन्धान गर्दै अख्तियार

images
मंगलबार, असोज २ २०८०
images
विवादित टेरामोक्समा अनियमितताको अनुसन्धान गर्दै अख्तियार

उजुरी पर्नेवित्तिकै खरिद प्रक्रियाका सबै सक्कल फाइल लिएको अख्तियारले अहिले बयान लिइरहेको छ।

images
images

काठमाडौं- नियम निर्देशिका तथा कानूनी व्यवस्थाबिनै खरिद गरेर भुक्तानीका लागि जबरजस्ती कार्यान्वयन गर्न खोजिएको भन्दै टेरामोक्स प्रणालीको विरोध भइरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन अघि बढाएको छ।

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याउन खोजेको टोरामोक्स प्रविधिको खरिद, भुक्तानी तथा तयारीका सम्बन्धमा अनियमितता भएको हुनसक्ने आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

images
images

उक्त प्रणालीमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि अख्तियारले गरेको प्रारम्भिक अध्ययनबाट खरिददेखि नै संगति नमिलेको पाइएकाले विस्तृत अनुसन्धान अघि बढाएको हो।

images
images

स्पष्ट कानूनी व्यवस्थाबिनै आफ्ना ग्राहकको कल तथा म्यासेजमै पहुँच राख्नसक्ने प्रणाली जडान गर्न खोजेपछि सरकारी स्वामित्वकै नेपाल टेलिकमले आनाकानी गरेको थियो।

प्रणालीको खरिदका लागि आवश्यक पूर्वतयारी नगरि ल्याउँदा राज्यलाई नोक्सानी भएको भन्दै अख्तियारले यसमा चासो दिएको थियो। अख्तियारले प्राधिकरणबाट यो प्रणाली खरिदमा निर्णय प्रक्रियामा सहभागी भएका अधिकारीहरूको बयान लिने तयारी गरेको छ। अहिले भने बहालवाला तथा पुर्व अध्यक्ष तथा अन्य अधिकारीको बयान लिएको छ।

उजुरी पर्नेवित्तिकै खरिद प्रक्रियाका सबै सक्कल फाइल लिएको अख्तियारले अहिले बयान लिइरहेको छ।

टेरामोक्स प्रणालीमा रहेको प्रोविङ हार्डवेयर र एनलाइजर सफ्टवेयरलाई कस्टमाइज गरेर तयार पारिएको प्राधिकरणले जानकारी दिएको छ। यो प्रणालीमासम्म पुगेका कुनै पनि फाइल इन्क्रिप्सन बिना खोल्न र रिड गर्न नसकिने प्राधिकरणले स्पष्ट पारेको छ। त्यसैले यसका लागि विशेष कानूनी व्यवस्था र पूर्वतयारी आवश्यक नहुने प्राधिकरणको ठहर छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गुणस्तर र आम्दानीको विषयलाई लिएर यो प्रणाली जडानको प्रक्रिया अघि बढाएको थियो। पछिल्लो समय टेलिकम कम्पनीहरूको ग्राहक बढेपनि आम्दानी घटेको र यसबाट राज्यको राजस्वमा क्षति पुगेको विश्लेषण गर्दै प्राधिकरणले ट्राफिक मनिटरीङका लागि यो प्रणाली ल्याउन लागेको हो। 

विशेषगरी अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा अपचलन भइरहेको हुनसक्ने र पछिल्लो समयका कर बाइपासका घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउनका लागि यो प्रणाली राख्न खोजिएको प्राधिकरणले जानकारी दिएको छ। 

पछिल्लो १० वर्षमै कर बाइपासबाटमात्र १२ अर्ब राजस्व छली भएको तथ्यांक अघि सार्दै प्राधिकरणले ट्राफिक मनिटरीङका लागि यो प्रणाली अघि सार्न खोजेको हो। 

'टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो' 'टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो'

यो प्रणालीले कुनै पनि कम्पनीको नेटवर्कमा कति कल भयो, कसले कहाँ कल गर्‍यो भन्नेसमेतको तथ्यांक संकलन गर्छ। नेटवर्कमै पहुँच राख्ने भएकाले सुरक्षामा प्रश्न कम्पनीहरूले उठाएका थिए। 

तर टेलिकम कम्पनीहरूले भने गुणस्तर मापनका लागि अन्य प्रविधि पनि रहेको र आम्दानीका बारेमा गरिएको तर्क अर्थहीन भएको बताएका छन्। पछिल्लो समय संसारभर टेलिकम कम्पनीहरूको भ्वाइस कल घटिरहेको छ। त्यसैको प्रभाव नेपालमा पनि परेको छ। 

करिब ३ अर्ब रुपैयाँमा खरिद गरिएको यो प्रणालीको परीक्षण नहुँदा भुक्तानी दिन ढिलाइ भइरहेको छ। टेलिकम कम्पनीको प्रश्नपछि यसलाई जसरी पनि परीक्षणमा लैजाने प्राधिकरणको जोड रहेको छ। 

प्रणाली खरिदको सुरुवाति प्रक्रियामै अख्तियारमा उजुरी परेको थियो। त्यतिबेला भने खरिद प्रक्रियामामात्र सीमित रहेको थियो। तर अहिले भने खरिदको औचित्य, नियत सबै हेर्ने तयारी अख्तियारको छ।

औचित्य बिहिन सार्वजनिक खरिदले पनि राज्यलाई नोक्सानी हुने र त्यो पनि दुरुपयोग हुने भन्दै अख्तियारले टेरमोक्स प्रणाली खरिदमै अनुसन्धान अघि बढाएको छ।

'टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो' 'टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो' नेपाल टेलिकमले ग्राहकको गोपनीयताबारे अडान राखेपछि प्राधिकरणको स्पष्टीकरण - टेरामोक्स प्रणालीबाट कल ट्यापिङ हुँदैन  नेपाल टेलिकमले ग्राहकको गोपनीयताबारे अडान राखेपछि प्राधिकरणको स्पष्टीकरण - टेरामोक्स प्रणालीबाट कल ट्यापिङ हुँदैन 

 


प्रकाशित : मंगलबार, असोज २ २०८०००:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend