आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबार ४२ अंकले घटेको सेयर बजार सोमबार ४ अंकले बढ्यो, ८७ करोडको मात्र कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
आइतबार ४२ अंकले घटेको सेयर बजार सोमबार ४ अंकले बढ्यो, ८७ करोडको मात्र कारोबार

काठमाडौं- साताको पहिलो कारोबारमा ४२.१४ अंकले घटेको सेयर बजारमा सोमबार सामान्य वृद्धि देखिएको छ। गएको साता सुधारको संकेत गरेको नेप्से परिसूचक यो साता कमजोर देखिएको छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

आइतबार साताको पहिलो कारोबारमा बजार ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको थियो। सोमबार ४.२६ अंकले बढेर बजार १९६९.१८ बिन्दुमा पुगेको छ। १४९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै संकेतहरू गरिरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, असोज १ २०८०१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend