आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले जारी गर्‍यो ३ अर्बको नयाँ ट्रेजरी बिल, १३ अर्ब ८३ करोड नवीकरण गर्दै

सोमबार, असोज १ २०८०
राष्ट्र बैंकले जारी गर्‍यो ३ अर्बको नयाँ ट्रेजरी बिल, १३ अर्ब ८३ करोड नवीकरण गर्दै

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष पहिलोपटक ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको छ। ३ सय ६४ दिने अवधिको यो ट्रेजरी बिल २०८१ असोज १ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै राष्ट्र बैंकले ९१ दिने ९ अर्ब ५३ करोड रुपैयाँ र १ सय ८२ दिने ४ अर्ब ६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। ९१ दिने ट्रेजरी बिल आगामी पुस ३ गते र १ सय ८२ दिने ट्रेजरी बिल चैत ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले ३ नयाँ ट्रेजरी बिल जारी गर्दैछ भने १३ अर्ब ८३ करोड पुरानो ट्रेजरी बिल नवीकरणका लागि आह्वान गरेको छ। 

सरकारले चालु आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। उक्त लक्ष्यनुसार पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक उठाउने तयारी छ। जसमध्ये विकास ऋणपत्र मार्फत ५० अर्ब र ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको छ।

हालसम्म राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ४२ अर्ब २६ करोड आन्तरिक ऋण उठाइसकेको छ। जसको औसत कट अफ रेट ६.९५ प्रतिशत कायम भएको छ।


प्रकाशित : सोमबार, असोज १ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend