सोमबार, असोज ७ गते २०८१    
images
images

राष्ट्र बैंकले करारमा माग्यो ३० कर्मचारी, पिपादेखि इन्जिनियरसम्म

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
images
images
राष्ट्र बैंकले करारमा माग्यो ३० कर्मचारी, पिपादेखि इन्जिनियरसम्म

दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्ने सूचनामार्फत उल्लेख गरेको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट‍्र बैंकले विभिन्न ३० पदका लागि करारमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको छ। असोज १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सकिने गरी राष्ट्र बैंकले पिपादेखि इन्जिनियरसम्मका पदहरूमा कर्मचारी भर्ना गर्न लागेको हो।

images
images
images

अनलाइन दरखास्त फारम पेश गर्न सकिने बैंकले जनाएको छ। दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्ने सूचनामार्फत उल्लेख गरेको छ। 

सिपाही, पिपा, मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, सुपरभाइजर, जुनियर आस्सेयर, मूर्तिकला एवं चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक ओभरसियर (सुपरभाइजर), मेकानिक (सहायक), प्रयोगशाला सहायक (सहायक), पेन्टोग्राफ मेसिन अपरेटर (सहायक) र फोर्कलिफ्ट हेभि इक्विपमेण्ट अपरेटरजस्ता पदहरू रहेका छन्। 

सबै पदको परीक्षा कार्यक्रम (लिखित, प्रयोगात्मक र अन्तर्वार्ता) काठमाडौंमा सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। 

images
F6SEmnHaoAAfxsx.jpg
F6SEmnFaQAA7a71.jpg


प्रकाशित : सोमबार, असोज १ २०८००५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend