शनिबार, साउन १२ गते २०८१    
images
images
images

भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
images
images
भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि

नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा भिस्ताराले नियमित उडान भर्दै आएको छ। एयरलाइन्सले  विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

images

काठमाडौं- अन्तारष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं-दिल्ली-हङकङ दुईतर्र्फी उडान सुरु गर्ने भएको छ। भिस्तारले आगमी १५ कात्तिकदेखि काठमाडौं-दिल्ली-हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो। 

images
images

उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट प्रयोग गर्नेछ। यात्रुमा सहभागि हुन चाहने यात्रुले मोवाइल एप्स, वेव साइट र ट्राभल एसेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन्। एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराले आगमी १५ कात्तिकदेखि काठमाडौं-दिल्ली-हङकङ दुईतर्र्फी उडान सुरु गर्न लागेको बताए। 

images

उनले भने, ‘यात्रुलाई सुरक्षित र आरमदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मूल लक्ष्य हो। यही लक्ष्य प्राप्त गर्न भिस्ताराले अब काठमाडौं-दिल्ली-हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ। आगमी १५ कात्तिकदेखि भिस्ताराले यो सुविधा उपलब्ध गराउने छ। काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा अवश्य पनि लाभकारी साबित हुनेछ।’

भिस्ताराले हाल काठमाडौं-दिल्ली नियमित उडान भर्दै आएको  । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिशनस्थित  ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ। 

images

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ। नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा भिस्ताराले नियमित उडान भर्दै आएको छ। एयरलाइन्सले  विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : सोमबार, असोज १ २०८००५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend